Logo

यी हुन् बासी रोटी खानुका फाइदा



Spread the love

कोदो,मकै,मैदा, आँटा, फापर आदिबाट बनाएको रोटी स्वास्थ्यका लागि फाइदाजनक मानिन्छ । जसलाई मानिसहरू दिउँसोको समयमा पनि खाजाको रूपमा खाने गर्दछन् l अन्य खानेकुरा बासी खादा पेट दुख्ने जस्ता समस्या उत्पन्न हुन्छ भने बासी रोटी खादा रोग निदानको लागि औषधीको काम गर्ने एक अध्ययनले जनाएको छ ।

  यी हुन् बासी रोटी खानुका फाइदा :

  • यदि तपाइको लगातार पेट दुखेको छ भने बासी रोटी खानुहोस् । जसले गर्दा तपाइको पेट दुख्ने समस्याबाट छुटकारा मिल्दछ l
  • जो व्यक्ति बिहान दुधसँग बासी रोटी खाएर काममा निस्कन्छ, उसको रगतमा सुगरको मात्रा नियन्त्रणमा रहन्छ ।
  • बिहान सबेरै चिसो दुधसँग बासी रोटी खाने बानी गर्नुहोस् l यसो गर्नाले बढेको रक्तचाप सन्तुलनमा ल्याउन सहयोग गर्दछ ।
  • मधुमेहका बिरामीलाई पनि बासी रोटी सेवन गर्नु फाइदाजनक मानिन्छ। प्रत्येक दिन बासी रोटी १० देखि १५ मिनेट भिजाएर खाने गर्नुहोस् l जसले तपाइको मधुमेह नियन्त्रण हुने गर्छ।

प्रतिक्रिया दिनुहोस्