Logo

सांसद यादवद्वारा बाढी प्रभावितलाई आफ्नो एक महिनाको तलब आर्थिक सहयोग



Spread the love

३१ असार, पर्सा। प्रतिनिधिसभा सदस्य प्रदीप यादवले पर्साका बाढी प्रभावितलाई आफ्नो एक महीनाको तलब आर्थिक सहयोग गरेका छन् । जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष एवं पर्साका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईलाई आज सांसद यादवले रु ५५ हजार २५० को चेक हस्तान्तरण गरेका हुन् ।

बाढी प्रभावितलाई राहत वितरणमा प्रयोग गर्न एक महीनाको तलब बराबरको रकम हस्तान्तरण गरेको सांसद यादवले जानकारी दिए । उनले अत्याधिक वर्षाको कारण आएको बाढीबाट पूरै जिल्ला प्रभावित भए पनि स्थानीय तहबाट हुनुपर्ने राहत वितरण चित्त बुज्दो नभएको गुनासो गरे ।

सो अवसरमा प्रजिअ भट्टराईले प्राप्त आर्थिक सहयोगले बाढी प्रभावितलाई राहत वितरणमा सहयोग पुग्ने बताउँदै दैवी प्रकोपको यस कठिन घडीमा डुबान प्रभावितलाई सक्दो सहयोग गर्न सबैसँग आग्रह गरेका छन् । असारको अन्तिम साता परेको अविरल वर्षापछि आएको बाढीबाट पर्सामा ४३० भन्दा बढी घर डुबानमा परेको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ । डुबानमा परेर पर्सामा हलसम्म तीन जनाको मृत्यु भएको छ । रासस

प्रतिक्रिया दिनुहोस्