Logo

थाहा पाउनुहोस् सख्खर खानुका फाइदा



Spread the love

सख्खर भन्नाले एक गुलियो चिज हो l जसलाई उखुको रस पकाएर बनाउने गरिन्छ l सख्खर खाँदा जतिनै गुलियो हुन्छ यसको फाइदा पनि त्यतिनै हुने गर्दछ l

   हेर्नुहोस् सख्खर खानुका फाइदा :

  • पिसाब पोल्ने समस्या तथा जन्डिस भएकाले सानो टुक्रा सख्खर पानीमा मिसाएर सेवन गर्दा औषधिको काम गर्दछ ।
  • सख्खरको सेवन गर्नाले शरीरको तापक्रमलाई नियन्त्रित गर्नुका साथै यसमा एन्टी एलर्जिक गुण हुने भएकाले दम रोगीलाई निकै राहत प्रदान गर्छ ।
  • गौत(गाईको पिसाब) आधा गिलास, १ चम्चा बेसार, १ चम्चा सखर हालेर नित्य बिहान\बेलुका खाने गरेमा हात्तीपाइले रोग पनि ठिक हुँदै जाने गर्दछ ।
  • ज्वानो र सख्खरको धुलो मिसाएर एक चम्चा बनाउनुहोस् । जसलाई पानीमा राम्रोसँग उमालेर पिउनाले घाँटी बसेको समस्याबाट राहत मिल्दछ ।
  • आधा चम्चा भुटेको रायोको धुलोमा सख्खर राखेर एक चम्चा बनाउनुहोस् र एक गिलास मनतातो पानीसँग निल्नुहोस् l जसले पेट दुखेको बखत आराम दिलाउँदछ ।

प्रतिक्रिया दिनुहोस्