Logo

के तपाईँ टाउको दुखाइबाट ग्रसित हुनु हुन्छ ? अपनाउने गर्नुहोस् यी टिप्स



Spread the love

के तपाईँ टाउको दुखाइबाट ग्रसित हुनु हुन्छ ? यदि हुनु हुन्छ भने यसको समाधानका लागी अपनाउने गर्नुहोस् l यी टिप्स जसले गर्दा यस्ता समस्याबाट छुटकारा पाउन सकिनेछ l

  • यदि तपाईँको दही, मही, पनिर, आइसक्रिम, कफी चकलेट जस्ता खानेकुरा धरै खाने बानी छ भने पनि टाउको दुख्ने समस्या उत्पन्न हुने गर्दछ l त्यसैले यस्तो बानीलाई हटाउनुहोस् ।
  • गुन्द्रुक, सिन्की, तामा तथा बोतलको पुरानो अचार खानु हुन्छ भने पनि यस्ता समस्याको विकास हुने गर्दछ l
  • यदि तपाईँ टाउको दुख्ने समस्याबाट छुटकारा पाउन चाहनुहुन्छ भने खाली पेट र चिन्ता गर्ने बानीलाई त्याग्नुहोस् ।
  • चम्किलो प्रकाश, भिडभाड र अति दुर्गन्ध तथा बास्ना आउने ठाउँबाट पनि टाढा नै बस्ने गर्नुहोस् l
  • कोक, बियर, रक्सी, वाइनको सेवन बढी गर्नाले पनि यस्तो समस्या उत्पन्न हुने गर्दछ । त्यसैले यस्तो बानीलाई पनि सुधार्नुपर्दछ ।

प्रतिक्रिया दिनुहोस्