Logo

शारीरिक सुगठन राष्ट्रिय प्रतियोगिता कपिलवस्तुमा



Spread the love

३१ असार, काठमाडाैँ – कपिलवस्तु शारीरिक सुगठन तथा फिटनेश सङ्घले आगामी असोज १० र ११ गते कपिलवस्तुको तिलौराकोटमा ‘कपिलवस्तु श्री राष्ट्रिय खुल्ला शारीरिक सुगठन प्रतियोगिता–२०७६’ आयोजना गर्ने भएको छ ।

आज आयोजित पत्रकार सम्मेलनमा सङ्घका अध्यक्ष जीवन गिरीले कपिलवस्तुको तिलौराकोटलाई विश्वभर चिनाउने उद्देश्यले उक्त प्रतियोगिता गर्न लागिएको जानकारी दिए ।

करीब १०० ले प्रतिष्पर्धा गर्ने सो प्रतियोगिता छ तौल समूहमा (५५, ६०, ६५, ७०, ७५, ७५+) गराईने विजेतालाई रु दुई लाख पुरस्कार प्रदान गरिने उनले बताए ।

प्रतियोगितामा आफ्नो वजन समूहका अन्य विजेतालाई क्रमशः रु १५ हजार, रु दश हजार र रु पाँच हजार पुरस्कार प्रदान गरिने छ । काठमाडौँ बडीबिल्डिङ सङ्घबाट उक्त प्रतियोगिताका लागि २५ जना सहभागी हुने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्