Logo

१२ जना सेवाग्राहीबिच सार्वजनिक सुनुवाई, जनताका घरबारी भत्काएर बाटो खनिन्छः मेयर



Spread the love
रेसुङ्गा नगरपालिकाले असारको अन्तिम दिन मगंलबार गरेको सार्वजनिक सुनुवाई । तस्विरः शिवलाल सुवेदी,गुल्मी 

३१ असार, गुल्मी – माथि मञ्चमा जवाफदेही वक्ताका रुपमा रेसुङ्गा नगरपालिका प्रमुख डिल्लीराज भुसाल सहित प्रमुख प्रशासकीय अधिकृत, अधिकांश वडा अध्यक्ष र कार्यपालिकाका सदस्यहरु । तल वडा सदस्य, विषयगत कार्यालयका प्रमुख तथा अन्य कर्मचारीसँगै १२ जना सेवाग्रही । जम्मा उपस्थिती सख्या ७० जनाभन्दा कम । यो दृश्य हो असारको अन्तिम दिन मगंलबार गुल्मी उद्योग वाणिज्य सघंको सभाहलमा रेसुङ्गा नगरपालिकाले आयोजना गरेको आर्थिक वर्ष २०७५÷०७६ को अन्तिम सार्वजनिक सुनुवाई कार्यक्रमको ।

रेसुङ्गा नगरपालिकाले असारको अन्तिम दिन मगंलबार गरेको सार्वजनिक सुनुवाई । तस्विरः शिवलाल सुवेदी,गुल्मी 

उक्त सार्वजनिक सुनुवाई कार्यक्रममा सेवाग्राही भन्दा रेसुङ्गा नगरपालिकाका जनप्रतिनिधिहरु र कर्मचारीहरुको ५ गुणाभन्दा बढी उपस्थिति रहेको थियो । कार्यक्रमको नेपाल पत्रकार महासघं गुल्मी शाखाले सहजीकरण गरेको थियो । १२ जना मात्रै सेवाग्रही भएपनि सार्वजनिक सुनुवाई कार्यक्रममा सवाल जवाफ भने राम्रै भयो । कार्यक्रममा सदरमुकाम तम्घास बजार क्षेत्रमा सार्वजनिक जग्गा अतिक्रमण गरेर घर टहरा निर्माण हुदाँ समेत नगरपालिका मौन रहेको, जग्गाधनीको कुनै सल्लाह सुझाव बिना सडक खनेको, बजेट केन्द्रमुखी भएको,असारको अन्तिम दिनसम्म डोजरहरु सञ्चालनमा आएको, योजनाहरु सम्पन्न हुँनै लाग्दा मात्रै होडिङ्ग बोर्डहरु राख्ने गरेको, नगरपालिकामा करिब ३ दर्जन जति कार्यालय सहयोगीहरु कार्यरत रहेको, प्रधानमन्त्री स्वरोजगार कार्यक्रम व्यक्तिमुखी भएको, विकास योजनाका काममा उपभोक्ताहरुले दुःख पाएको लगायतका विषयवस्तुहरु सवाल जवाफका रुपमा आएका थिए ।

रेसुङ्गा नगरपालिकाले असारको अन्तिम दिन मगंलबार गरेको सार्वजनिक सुनुवाई । तस्विरः शिवलाल सुवेदी,गुल्मी 

सार्वजनिक कार्यक्रममा नगरपालिका १० की सीता अर्यालले आफ्नो घरवारीबाट बाटो खन्दा नगरपालिका तथा वडा कार्यालयले आँफुसगँ कुनै सल्लाह नगरि जबरजस्ती बाटो खनेको भन्दै दुःख व्यक्त गरिन् । त्यस्तै, नगरपालिका वडा नम्बर १, ८ र ९ वडाको जिल्लाको सदरमुकाम तम्घास बजार क्षेत्रमा सार्वजनिक जग्गा अतिक्रमण गरेर घर टहरा निर्माण गर्दा पनि नगरपालिकाले कुनै कदम नचलाएको भन्दै पत्रकार शिव सुवेदीले नगरपालिकाको ध्यानाकर्षण गराएका थिए ।

निर्वाचित भएर आएको २ वर्षसम्म पनि नगरपालिकाले सदरमुकाम तम्घासकै सार्वजनिक जग्गा यकिन गर्न नसक्नु नगरपालिकाको कमजोरी भएको सेवाग्रहीहरुले सुझाव दिए । उक्त सुझावलाई नगरपालिका प्रमुख डिल्लीराज भुसालले व्यक्तिका घरजग्गामा मुद्धा खेपेर भएपनि डोजर लगाएर सडक निमार्ण गर्ने जवाफ दिएका छन् । उनले सार्वजनिक जग्गा नाप्नलाई विशेषज्ञको अभाव भएको भन्दै अबको १÷२ वर्षमा नगरले सार्वजनिक जग्गाको विवरण उपलब्ध गराउने बताए । “हामीले सार्वजनिक जग्गा नाप्नका लागि बजेटको समेत व्यवस्था मिलाएका छौँ” मेयर भुसालले भने “नाप्ने अमिन नभएर हो, बिस्तारै होला । तर, सडक निमार्ण गर्न भने व्यक्तिले रोकेर सडक निमार्ण हुन्न ।  बरु मुद्धा खेपिन्छ ।”

रेसुङ्गा नगरपालिकाले असारको अन्तिम दिन मगंलबार गरेको सार्वजनिक सुनुवाई । तस्विरः शिवलाल सुवेदी,गुल्मी 

नगर प्रमुख भुसालको जवाफप्रति केही वडा अध्यक्षहरुले भने आपत्ति जनाएका छन् । उनीहरुले नगर प्रमुख जस्तो जिम्मेवार व्यक्तिले व्यक्तिका घरबारी भत्काएर सडक निमार्ण गर्ने जवाफ दिन नहुने तर्फ गरे । एक वडा अध्यक्षका अनुसार आफ्नो वडाको सार्वजनिक जग्गा मिचेर घर निमार्ण गरेको जानकारी नगरपालिकामा गराउँदा पनि आफुले सहयोग नपाएको गुनासो गरेका छन् ।

एक आर्थिक वर्षमा ३ पटक सार्वजनिक सुनुवाई तथा प्रगति समीक्षा गर्नुपर्ने प्रावधान अनुसार रेसुङ्गा नगरपालिकाले असारको अन्तिम दिन भएपनि मगंलबार सदरमुकाम तम्घासमा सार्वजनिक सुनुवाई कार्यक्रम आयोजना गरेको प्रमुख प्रशासकीय अधिकृत भक्तिराम मरासिनीले बताए ।

खड्का सल्लेरी खबरका लुम्बिनी प्रदेश सम्बाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्