Logo

छवि–शिल्पाको सम्बन्धमा पूर्णविरामको संकेत, शिल्पा भन्छिन्,‘डिभोर्स दिन्छु, छविको घर फर्किने छैन’!



Spread the love

नेपाली सिने नगरीमा यतिबेला निर्माता छबिराज ओझा र नायिका शिल्पा पोखरेलबीचको बिवादले तातेको छ ।छवि ओझा र शिल्पा पोखरेलको घरेलु झगडा सुल्झिनुको साटो दिनदिनै बल्झिँदै गएको छ । गत बिहीबार प्रहरीको रोहबरमा दुबै जना मिलेका थिए तर त्यो मिल्ती त्यहाँबाट निस्कने बित्तिकै भताभुंग भएको छ । युट्युबमा दुबै एकअर्कालाई गलत साबित गर्न लागिपरेका छन् ।

शिल्पाले छविका पुराना घाउ पनि कोट्याइरहेकी छिन्, छवि तिनको बचाउमा लागेका छन् । युट्युबरले दुबैको झगडाको राम्रैसँग फाइदा लिइरहेका छन् । दुबैले एक अर्कालाई गलत साबित गर्ने प्रयास गरिरहँदा छवि ओझाले सोमबार मध्यरातमा शिल्पालाई सम्बोधन गर्दै स्ट्याटस लेखेर आफ्नो अदालतमा आए न्याय पाउने जिकिर गरेका छन् ।

मध्यरातमा लेखेको स्ट्याटसमा निर्माता ओझाले शिल्पासँग तीन दिनदेखि भेट्न खोज्दा पनि समय नदिएको र आफू शिल्पासँग टेबलमा बसेर छलफल गर्न तयार भएको बताएका छन् । उनले लेखेका छन्:

शिल्पा जि,
मैले ५२ बर्षको उमेरमा ३ जना श्रीमती सङ सम्बन्ध बिच्छेद भईसकेपछि तपाईं सङ चाहिँ जिन्दगि बिताउन सक्छु होला भनेर जिन्दगिका सब थोक कम्प्रमाइज गरेर माया गरेर बिहे गरेको श्रीमती हो तपाईं l छातिमा हात राखेर आज एक्छिनलाई आफैलाई नढाटी सम्झनुस तपाइले लगाएका कति आरोपहरु सत्य छन ? यदि तपाईं पनि आफुलाइ सच्याएर अझै मेरो श्रीमती, तपाइले बिहे गर्ने बेलामा आस्वासन दिलाए जस्तै मेरो बुढेसकालको सहारा बनेर बस्न सक्नुहुन्छ भने, म पनि मेरा कमि कमजोरीहरु सच्याएर गान्धीबादी भएर बस्न सक्छु । अरुको कुरा नसुन्नुस, आउनुस हाम्रो घरको ढोका सधै तपाईंको लागि खुल्ला छ । हैन र यदि तपाइ साच्चै म सङ बस्न सक्नु हुन्न भने पनि एक पटक म सङै आएर टेबलमा कुरा गर्नुस । मेरो ईतिहास पल्टाएर हेर्नुस आज सम्म मैले कुनै पनि श्रीमतिलाई अन्यायमा पारेको छैन । तपाइलाइ पनि पार्दिन । मैले बिगत ३ दिन देखि तपाइलाइ सम्पर्क गरेर भेट्न खोज्दा पनि तपाइलाई अब मेरो वकिलले भेट्छ भन्नू भयो । म फेरि पनि भन्दैछु, सन्सारको कुनै पनि अदालतमा जानू पर्दैन । छबी ओझाको अदालतमा सिधै आउनुस । तपाइले न्याय पाउनु हुन्छ ।
शुभरात्री ।

३ बर्ष अघि बिवाह गरे पनि मिडियामा नखुलेका छबि र शिल्पाबीचको सम्बन्ध अहिले आएर भने छताछुल्ल भएको छ । शिल्पामाथि छबिले चरम घरेलु हिंसा गरेपछि त्यो सहन गर्न नसकेपछि शिल्पाले प्रहरी नै गुहार्नु प¥यो । शिल्पाले आफुले बिवाह गरेको केही महिनामा नै छबिको असलीरुप देखेको तर आफनो घर परिवारको इज्जतको लागि र श्रीमान भएको नाताले पनि सहँदै आएको तर पछिल्लो पटक भने घाँटी थिचेर मार्न खोजेपछि उनले प्रहरी गुहारेकी हुन् । शिल्पाले छबिले आफुलाई नराम्रो बाटोमा नहिड्दा पनि शंका गर्ने , अश्लिल गालीगलौज गर्ने , कुटपिट गर्ने जस्ता हिंसा गरेको बताईन् ।

शिल्पाको उजुरीपछि प्रहरी कार्यालयमा उनीहरुबीच कुराकानी पनि भएको थियो । जहाँ उनले शिल्पासंग माफी मागेका थिए । तर छबिले माफी मागेपनि शिल्पा भने खुसी देखिएकी थिईनन् । नत छबिले शिल्पालाई घर लान पहल गरे नत शिल्पा नै खुसी देखिईन् । छबिले शिल्पालाई आफनो परिपक्ता देखाउँदै नत फोन गरे नत घर फर्कानउे पहल गरे । बरु उल्टै फेसबुकबाट समेत छबिले आफुलाई ब्लक गरेको शिल्पाले बताईन् । उनले ३ बर्षदेखि सहदै आएको तर अब नसक्ने भन्दै बाँकी कुरा कानुनी प्रक्रियामा जाने बताएकी थिईन् । अन्तत: छवि–शिल्पाको सम्बन्धमा पूर्णविरामको संकेत देखिएको छ ।

उनले छबिसंग अब असुरक्षाको कारण देखाउँदै संगै बस्न नसक्ने भन्दै डिभोर्स फाईल गरेकीछिन् । अब केही दिनमा नै डिभोर्सको अन्तिम निर्णय हुनेछ । शिल्पाले छबिसंगको सम्बन्ध बाहिरिएपछि आएको प्रतिक्रियाहरुमा पनि चित्त दुखाएकीछिन् । उनले छबिसंग पैसाको लागि बिवाह गरेको भन्नेहरुलाई उनले आफु हुने खानेकै छोरी भएको , र आफनो बुवा आमाको अरु सन्तान नभएकोले आफुलाई कसैको सम्पत्तिको कुनै लोभ नभएको भन्दै खण्डन गरेकीछिन् । यता छबिले भने शिल्पा आए श्रीमतीकोरुपमा स्वागत गर्ने यदि सम्बन्ध फेरी जोडिन नसके शिल्पापछि अरु बिवाह नगर्ने घोषणा नै गरेका छन् ।

तर, शिल्पाले  छबिसँग बस्न नसक्ने भन्दै डिभोर्स फाइल गरेको केही अन्तर्वार्तामा उल्लेख गरेकी छिन् । तर, छवि र शिल्पाको विवाहमा २० बर्षभन्दा बढीको उमेर अन्तर रहेको र त्यति धेरै अन्तरको विवाह अनमेल विवाह अन्तर्गत पर्ने भएकाले शिल्पाको डिभोर्सको निवेदनलाई कानुनले कसरी ब्याख्या गर्ला चासोका साथ हेरिएको छ ।

प्रतिक्रिया दिनुहोस्