Logo

चित्तलको छाला र मासुसहित पक्राउ



Spread the love

३१ असार, बारबर्दिया – बारबर्दिया नगरपालिका–१० लम्कीफाँटाबाट एक जना चित्तलको छाला र मासुसहित पक्राउ परेका छन् । एक थान चित्तलको छाला र १० किलो मासुसहित ४३ वर्षीय श्यामलाल थारू पक्राउ परेका हुन् ।

इलाका प्रहरी कार्यालय मोतिपुर र सशस्त्र प्रहरी बेस क्याम्प कतर्नियाबाट खटिएको टोलीले थारूलाई पक्राउ गरेको प्रहरी निरीक्षक मदन ठाकुरले जानकारी दिए । उनलाई आवश्यक कानूनी कारवाहीका लागि बर्दिया राष्ट्रिय निकुञ्जलाई बुझाइएको छ । निकुञ्जका सहायक संरक्षण अधिकृत अशोक भण्डारीले घटनाबारे अनुसन्धान भइरहेको बताए ।

प्रतिक्रिया दिनुहोस्