Logo

सिंहदरबारलाई प्लास्टिक ओत



Spread the love

भूकम्पले क्षतिग्रस्त सिंहदरबारको मूल भवनलाई बर्षाको  पानीबाट बचाउन प्लास्टिकले ढाकिएको खबर आजको नागरिकमा  छापिएको छ ।

प्लास्टिकले छोपेपछि मूल भवनलाई फलामको आड (स्ट्याफ फोल्डिङ) दिइने काम पनि शुरु भएको बताइएको छ । फलामो आड दिएपछि भवनलाई प्रबलीकरण गर्न भित्र जान सकिने राष्ट्रिय पुननिर्माण प्राधिकरणले जनाएको छ ।

२०७२ बैशाख १२ को भूकम्पले क्षतिग्रस्त सिंहदरबारलाई पुरै भत्काएर पुननिर्माण गर्ने कि प्रवलीकरण गर्ने भन्नेमा प्राधिकरण र सहरी विकास मन्त्रालयबीच लामो समय विवाद चलेको थियो ।

प्रतिक्रिया दिनुहोस्