Logo

सैनिक युथ क्लबको पोल्टामा मुख्यमन्त्री कप फुटबल प्रतियोगिताको उपाधि



Spread the love

काठमाडौं – सैनिक युथ क्लब झापाले प्रथम मुख्यमन्त्री कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । धरानमा मंगलबार भएको फाइनलमा बेलबारी एफसी मोरङलाई २–१ गोल अन्तरले पराजित गर्दै सैनिकले उपाधि जितेको हो ।

धरानस्थित एन्फा टेक्निकल सेन्टरमा सैनिकलाई जित दिलाउन रिजन माझी र विकेश सुब्बाले एक एक गोल गरे । बेलबारीका सौलभ कार्कीले एक गोल फर्काए ।

उपाधिसँगै सैनिकले ५ लाख नगद प्राप्त गरेको छ । यस्तै उपविजेता बेलबारीले ३ लाखमा चित्त बुझायो ।

प्रतिक्रिया दिनुहोस्