Logo

मेस्सी र रोनाल्डो छुट्टिमा परिवारसँग रम्दै



Spread the love

१ साउन, काठमाडौँ । सन् २०१९-२० को फुटबल सिजनको सुरुवातअघि लियोनल मेस्सी र क्रिस्टियानो रोनाल्डोले परिवारसँग छुट्टि मनाएका छन् । अरु खेलाडी प्रि–सिजनको प्रशिक्षणमा फर्किए पनि मेस्सी भने परिवारसहित बिदा मनाइरहेका छन् ।

मेस्सीले इन्स्टाग्राममा परिवारको फोटो सार्बजनिक गरेका छन् । जसमा उनले छोराहरु थिएगो, सिरो र मातेओ तथा श्रीमती एन्तोनिलासहित जिप चलाउँदै गरेको देखिएको छ ।


रोनाल्डोले पनि टुरिनमा प्रेमिका जर्जिया रोड्रिग्वज र बच्चाहरु एलाना मार्टिना, इभा र माटेउसँगको सामाजिक सञ्जालमा तस्बिर सार्वजनिक गरेका छन् ।

रोनाल्डोले इन्स्टाग्राममा फोटो राख्दै लेखेका छन्, कडा मेहेनतपश्चात घरमा आएर अनि परिवारसँग समय बिताउँदाको क्षण कति आनन्ददायी हुन्छ ।

प्रतिक्रिया दिनुहोस्