Logo

वृद्धको टोकाइबाट सर्पको मृत्यु



Spread the love

१ साउन, काठमाडौँ । भारतको गुजरातमा ६० वर्षका वृद्धलाई एक विषालु सर्पले डसेको छ । सर्पले डसेपश्चात ती वृद्धले सर्पलाई समाते र दाँतले टोके । विष शरीरभरि फैलिएका कारण पहिला सर्पको मृत्यु भयो र त्यसपछि वृद्धको पनि मृत्यु भएको हो ।

गुजरातमा पर्वत गाला नामका वृद्ध खेतमा काम गरिरहेका बेला विषालु सर्पले हात र मुखमा डसेको थियो । सर्प डसेर भागिरहँदा किसानले सर्पलाई समातेर रिसले टोकिदिए ।

वृद्धलाई अन्य व्यक्तिको सहयोगमा अस्पताल पुर्याइयो तर उनको उपचारको क्रममा मृत्यु भएको हो

प्रतिक्रिया दिनुहोस्