Logo

विश्वकप छनोटमा समूह ‘बी’ मा नेपाल



Spread the love

१ साउन, काठमाडौं । फिफा विश्वकप २०२२ छनोटको दोस्रो चरण अन्तर्गत नेपाल सहज समूहमा परेको छ । फिफाले बुधबार निकालेको ‘ड्र’ अनुसार विश्वकप छनोटमा नेपाल समूह ’बी’ मा परेको हो ।

नेपालसँगै समूह ’बी’ मा अष्ट्रेलिया, जोर्डन, चाइनिज ताइपेइ र कुवेत परेका छन् । अन्तिम खेलतालिका केहि समयमा थाहा हुनेछ ।

दोस्रो चरणका छनोट खेलहरु डबल राउन्ड रोबिन अनुसार घरेलु र अवे टोलीको मैदानमा सेप्टेम्बर ५ देखि जुन ९, २०२० सम्म हुनेछ । फिफा वरीयताको एसियाली राष्ट्रको शीर्ष ३४ भित्र परेसंगै नेपालले सिधैं दोस्रो चरणको छनोट खेल्न पाएको हो ।

प्रतिक्रिया दिनुहोस्