Logo

साइकलिङ मार्फत् डोल्पाको प्रचारमा हिँडेका एक युवा (फोटो कथा)



Spread the love

पर्यटनको प्रचुर सम्भावना भएको तर प्रचार प्रसारको अभावमा खुम्चिएको डोल्पाको प्रचारका लागि साइकललाई माध्यम बनाएर एक युवा खटिएका छन् । डोल्पाकै स्थानीयबासी भाष्कर बस्नेतलाई यतिबेला आफ्नो ठाउँलाई पर्यटकीय गन्तव्य बनाउने चटारो परेको छ । अनि उनी यसका लागि निरन्तर साइकल यात्रा गरिरहेका छन् ।

साइकल यात्री भाष्करले डोल्पाको से-फोक्सुण्डो ताल हुँदै एडभेन्चर राइडिङ गर्ने बताएका छन् । नेपालकै गहिरो ताल से-फोक्सुण्डोबाट उनले यात्रा शुरू गर्दै डोल्पाको पर्यटनको प्रचार गर्ने र नयाँ साइकल यात्राको बाटो पत्ता लगाउने समेत बताए ।

विश्वकै प्रसिद्ध फिल्म अवार्ड ओस्कारको मनोनयनमा पर्न सफल फिल्म ‘क्याराभान’मा अभिनय गरेका अभिनेता थिन्ले लोन्डुपको जन्म तथा कर्मथलो पनि डोल्पा नै हो । साइकल यात्राका क्रममा उनले लोन्डुपको देहान्त भएको स्थानको समेत प्रचार गर्ने प्रमुख उद्देश्य राखेको बताएका छन् । बस्नेतले साइकल यात्राका क्रममा द्धारी भञ्ज्याङ हुँदै आउनुको कारण साइकलिङ, ट्रेकिङ र म्याराथनको सम्भाव्यताको अध्ययन गर्नु रहेको बताएका छन् ।

साइकलमा नै यात्रा गरेर समुद्री सतहबाट करिब ४६ सय ४४ मिटरको उचाइमा रुकुम र डोल्पाको बीचमा रहेको द्धारी भञ्जयाङ हुँदै दुईजना साइकल यात्री डोल्पा पुगेको उनले बताए । एकजना उनी र अर्का उनका सहयात्री ओम अधिकारी ।

सहयात्री ओम अधिकारीले बाटो तथा दृष्यको बारेमा बताउदै भने,“दृष्य तथा बाटोहरू साइकल यात्रीका लागि उपयुक्त हुँदा-हुँदै पनि यथेष्ट प्रचार प्रसारको अभावमा खुम्चिन पुगेको छ ।” मनमोहक द्धारी भञ्ज्याङलाई यार्सा ट्रेलका रूपमा जोड्ने सके यसले अझ प्रभावकारीता पाउन सक्ने उनले बताए ।

हेर्नुहोस् ! सल्लेरी खबरको शुक्रबारीय विशेषांक ‘सल्लेरी कोलाज’का लागि साइकलिष्ट भाष्कर बस्नेतले पठाएका साइकल यात्राका केही तस्बीरहरूः

प्रतिक्रिया दिनुहोस्