Logo

मोरङमा सवारी दुर्घटना : १ को मृत्यु , २२ जना घाइते



Spread the love

२ साउन, मोरङ ।
मोरङको पथरी शनिश्चरे १० मा सवारी दुर्घटना हुँदा १ जनाको ज्यान गएको छ भने २२ जना घाइते भएका छन् ।

मोरङको रमाइलोबाट झापातर्फ जाँदै गरेको को १ ख ४८४२ नम्बरको बस र विपरीत दिशाबाट आएको मे १ च ९३९१ को मिनी ट्रक एक आपसमा ठोक्किँदा उक्त दुर्घटना भएको हो ।

दुर्घटनामा परि घाइतेमध्ये ७ जना विराटनगरको नोबेल अस्पताल, ५ जना न्यूरो अस्पताल र अन्य १० जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जानकारी दिइएको छ ।

मृतकको सनाखत नभएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्