Logo

बर्षायाममा सडक दुर्घटनाबाट कसरी सुरक्षित हुने ?



Spread the love

विश्वमा मृत्युको आठौं प्रमुख कारक तत्वको रुपमा रहेको सवारी दुर्घटनाले नेपालमा पनि भयाभव रुप लिइरहेको छ । २०७४/७५ को तथ्यांकलाई आधार मान्ने हो भने २५४१ जनाले सडक दुर्घटना कै कारण ज्यान गुमाएका छन् । तर विश्व स्वास्थ्य संगठनलाई आधार मान्ने हो भने यो संख्या अझ बढेर ५००० पुगेको पाइएको छ ।

यसमा केही सडक निर्माताका गल्ती, केही यातायात चालकका कमजोरी त केही सवारी कमजोरी र केही यात्रुका हेल्चेक्र्याईं मुख्य कारणको रुपमा पाउन सकिन्छ ।

तुलनात्मक रुपमा अन्य यामभन्दा हिजोआजको यो वर्षायाममा दुर्घटना अलि बढी हुने गर्दछ । सामान्य भन्दा सामान्य कुराहरूलाई पनि ध्यान नदिदाँ दिनहुँ सोझासाझा ज्यानहरूले मृत्युको यात्रा तय गर्नु परेको अवस्था छ ।

यस्तो अवस्थामा सडक दुर्घटनाबाट कसरी सुरक्षित रहन सकिएला त भनी सल्लेरी खबरले बिगत तीन वर्षदेखी सडक सुरक्षाको क्षेत्रमा कार्यरत संस्था सुरक्षित र दिगो यात्रा नेपाल (एस.एस.टि.एन) का अध्यक्ष एवम् ट्राफिक तथा ट्रान्सपोर्ट इन्जिनियर हेमन्त तिवारीसँग कुराकानी गरेका छौं ।

सल्लेरी खबरको साप्ताहिक विशेषांक ‘सल्लेरी कोलाज’का लागि इन्जिनियर तिवारीले बताएका सुरक्षा र सतर्कताका उपायहरूको सम्पादित अंशः

गाडी चालकहरूले अपनाउनु पर्ने कुराः
१. गाडीको जाँच
सर्वप्रथमतः गाडी चालकहरूले आफ्नो गाडी पूर्ण रुपले कण्डिसनमा छ कि छैन भनेर गाडी चलाउन शुरू गर्नुभन्दा पहिल्यै जाँच गर्नुपर्छ । जसले गर्दा सम्भावित दुर्घटनामा कमी आउँछ । साथै, गाडीमा केही गडबडी भएको भएमा पनि सुरुमै ठिक गर्न सकिन्छ ।

२. गाडीको स्पिडमा कमी
नेपालमा गाडी स्पिडमा चलाउनुलाई अक्सर चालकको शानको रुपमा लिइने गरेको पाइन्छ । जसले धेरै गाडी कुदायो, उही चालक हिरो ! अनि विस्तारै ठिक्क गतिमा चलाउने जति सबै जिरो !

नेपालमा गाडी स्पिडमा चलाउनुलाई अक्सर ड्राइभरको शानको रुपमा लिइने गरेको पाइन्छ । जसले धेरै गाडी कुदायो, उही चालक हिरो ! अनि विस्तारै ठिक्क गतिमा चलाउने जति सबै जिरो ।

यो मान्यता शतप्रतिशत गलत छ । हामीले सडक दुर्घटनालाई न्यूनिकरण गर्नका लागि सुरुमा यो मान्यतालाई जरैबाट उखेल्न जरूरी छ । वर्षायाममा मात्रै नभएर अरु समयमा पनि गाडीको स्पिडमा एकदमै ख्याल गर्नुपर्छ ।

अझ अहिलेको बेला पानी परिरहने हुनाले सडक चिप्लो भएको हुन्छ, जसले गर्दा गाडी र सडक बीचको घर्षणमा कमी आउँछ । झन् त्यसमा गाडीको स्पिड पनि धेरै भइदियो भने गाडी चिप्लिनेमा कुनै पनि कसर बाँकी रहँदैन । तसर्थ वर्षायाममा अरुबेलामा भन्दा बढी ब्रेकिङ डिस्टेन्स राखेर मात्रै गाडी चलाउनु पर्छ ।

३. गाडीको ब्रेकमा धेरै भर नपरौं
वर्षाको समयमा सडक चिप्लो हुने हुँदा अरु समयको भन्दा योबेला बढी ‘ब्रेकिङ डिस्टेन्स’ राखेर गाडी चलाउनु पर्छ । जसले गर्दा एक ठाउँमा लगाएको ब्रेक केही पर अर्कै ठाउँमा लाग्न सक्छ । यसरी गाडी अनियन्त्रित हुन गई गाडी दुर्घटनाको शिकार हुन सक्छ ।

त्यसैले गाडी चालक र यात्री दुबै ब्रेकमा धेरै भर नपर्दा नै सुरक्षित हुन सकिने देखिन्छ ।

४. अन्धाधुन्ध गाडी नहाकौं
कतिपय चालकहरू, विशेषगरी ग्रामीण सडकतिर, अन्धाधुन्ध गाडी चलाउन बानी परेका हुन्छन् । “यस्तै त हो, चलाइराको त हो, चलिराको त छ, अहिलेसम्म कहिल्यै दुर्घटनामा परिएन क्यारे” भन्दै उनीहरू मनोमानी गाडी कुदाइरहेका हुन्छन् । यो एकदमै गलत हो ।

कतिपय चालकहरू, विशेषगरी ग्रामीण सडकतिर, अन्धाधुन्ध गाडी चलाउन बानी परेका हुन्छन् । “यस्तै त हो, चलाइराको त हो, चलिराको त छ, अहिलेसम्म कहिल्यै दुर्घटनामा परिएन क्यारे” भन्दै उनीहरू मनोमानी गाडी कुदाइरहेका हुन्छन् । यो एकदमै गलत हो ।

दुर्घटना पहिले भएन भनेर अब कहिल्यै हुँदैन भन्ने कदापि हुँदैन । त्यसैले हामी हरदम हरपल सावधानी अपनाएर मात्रै गाडी चलाउन जरुरी छ ।

५. ट्राफिक नियमको पालना
ट्राफिक नियमहरूको पालना वर्षायाममा अझ कडाइका साथ पालना गर्न आवश्यक छ । चिप्लो गाडी, कम भिजिबिलिटी, अव्यवस्थित सडक, जस्ता कारणले गर्दा पनि हामीले योबेला ट्राफिक नियमको सहस्र पालना गर्नुपर्ने हुन्छ । यति मात्रै गर्न सकियो भने पनि सम्भावित सडक दुर्घटनाबाट धेरै हदसम्म बच्न सकिन्छ ।

यात्रीहरूले ध्यान दिनुपर्ने कुराः
१. सडकमा ध्यान
अक्सर हामी पैदलयात्रीहरूको बानी के हुन्छ भने सडकमा हिड्न थालेपनि हामी मोबाइलमा कुरा गर्न छोड्दैनौं । इएरफोन लगाएर गीत सुन्न छोड्दैनौं । गाडीको हामीलाई कुनै पर्वाह नै हुँदैन । यो एकदमै ठुलो हेल्चेक्र्याँई हो ।

सडक दुर्घटनामा केवल गाडी चालकको मात्रै दोष हुँदैन, धेरै केसमा पैदल यात्री पनि दोषी पाइन्छन् । यसकारण हामीले सडकमा हिड्न थाल्दैछौं भने हाम्रो सम्पूर्ण ध्यान सडकमा केन्द्रित हुन जरुरी छ ।

सडक दुर्घटनामा केवल गाडी चालकको मात्रै दोष हुँदैन, धेरै केसमा पैदल यात्री पनि दोषी पाइन्छन् । यसकारण हामीले सडकमा हिड्न थाल्दैछौं भने हाम्रो सम्पूर्ण ध्यान सडकमा केन्द्रित हुन जरुरी छ ।

झन अहिलेको वर्षासमयमा गाडी जतिबेला पनि अनियन्त्रित हुन सक्ने सम्भावना भएकाले हामी झनै सतर्क हुनुपर्छ ।

२. फुटपाथको प्रयोग
शहरी क्षेत्रका सडकहरूमा यदि फुटपाथको सुबिधा भएसम्म यसको अत्यधिक प्रयोग गर्न आवश्यक छ । फुटपाथ छेउमा हुँदाहुँदै सिधै सडकमा हिड्ने हाम्रो बानी त्याग्नु पर्छ । यसले ठुलो दुर्घटना निम्त्यान सक्छ ।

यदि फुटपाथको व्यवस्था छैन भने हामीले सधैं सडकको दाँया साइडबाट हिड्नुपर्छ । यसले गर्दा दुर्घटनाबाट सुरक्षित हुनुका साथै गाडीले छ्याप्न सक्ने सम्भावित हिलोबाट पनि बच्न सकिन्छ ।

ग्रामीण क्षेत्रका सडकहरू योबेला अक्सर हिलाम्मे हुने भएकाले गाडी सजिलै चिप्लिने सम्भावना भएको हुँदा त्यस्तो अवस्थामा यात्रीहरू गाडीदेखी सतर्क हुनु पर्ने हुन्छ ।

३. भारी वर्षाको समयमा सार्वजनिक यातायातको प्रयोग
यदि असाध्यै ठुलो वर्षा भइरहेको छ भने सक्भर सार्वजनिक यातायातको प्रयोग गर्नुहोस् । किनकि अन्य यातायातका सुविधाभन्दा तुलनात्मक रुपमा सार्वजनिक यातायात अलि सुरक्षित हुन्छन् । यस्तो बेलामा साइकल या मोटरसाइकल चलाउँदा थप जोखिम मोल्नु पर्ने हुन सक्छ ।

प्रस्तुतिः राजन के.सी. ‘प्रमोद’

०००

०००

प्रतिक्रिया दिनुहोस्