Logo

रूपन्देहीमा अज्ञात समूहद्वारा बुद्ध मूर्तिहरू तोडफोड



Spread the love

२ साउन, रूपन्देही । रूपन्देहीको सिद्धार्थ राजमार्गमा अज्ञात समूहले बुद्ध मूर्तिहरू तोडफोड गरेका छन् ।

लुम्बिनीको झल्को दिन गत आर्थिक वर्षमा तिलोत्तमा नगरपालिकाले आफ्नो क्षेत्रमा पर्ने राजमार्गमा २२ वटा बुद्ध मुर्ति राखेको मध्ये नयाँमिलदेखि शङ्करनगर क्षेत्रका पाँच वटा बुद्धमूर्तिमा तोडफोड भएको हो ।

मूर्ति कसले किन तोडेको हो भन्नेबारे अहिलेसम्म पत्ता नलागेको र प्रहरीले यस सम्बन्धमा अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्