Logo

विज्ञापन खारेज गर्न दबाब दिँदै लोक सेवाको कार्यालय अगाडि प्रदर्शन



Spread the love

२ साउन, काठमाडौँ ।
स्थानीय तहको कर्मचारी भर्नाका लागि खुलाएको विज्ञापन खारेज गर्न दबाब दिँदै काठमाण्डौको अनामनगरस्थित लोक सेवा आयोगको केन्द्रीय कार्यालय अगाडि प्रदर्शन गरिएको छ ।

स्थानीय तहको कर्मचारी भर्नाका लागि खुलाइएको त्याे विज्ञापन संविधानमै व्यवस्था गरिएको समावेशी र समानुपातिक नभएको भन्दै आन्दोलनरत आदिवासी, जनजाति, महिला, दलितलगायतका समुदायले बिहीबार बिहान लोक सेवा आयोगको कार्यालय अगाडि २ घण्टा प्रदर्शन गरेका हुन । प्रर्दशनका क्रममा उनीहरुले त्याे विज्ञापन खारेज गर्न दवाव दिदै सरकारविरुद्ध पनि चर्का नाराबाजी गरेका थिए ।

बिहान नौ बजे लोक सेवा आयोगको केन्द्रीय कार्यालयको मूलगेटमा पुगेका प्रर्दशनकारीहरुले संविधान प्रतिकूल हुने गरी आएको त्याे विज्ञापनको विरोधमा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेससमेत मौन बसेको भन्दै आक्रोश व्यक्त गरेका थिए । ( रासस )

 

प्रतिक्रिया दिनुहोस्