Logo

गायिका सिन्धु मल्लको तीज गीत सार्वजनिक(भिडियो)



Spread the love

पाँच वर्षसम्म संगीत क्षेत्रबाट हराएकी गायिका सिन्धु मल्लले कमब्याक गरेकी छिन् । ५ वर्षपछि मल्लले तीज गीतमार्फत कमब्याक गरेकी हुन् । उनको नयाँ तीज गीत युट्युबमार्फत सार्वजनिक भएको छ । गीतको भिडियोमा दुई नायिका वर्षा राउत र वर्षा शिवाकोटीले सिन्धुलाई साथ दिएका छन् ।उनी ‘अहिलेको तीजैमा नाचौ छमछम’ बोलको तिज गीत लिएर फर्किएकी हुन्।
सुब्रत आर्चायद्वारा निर्देशित गीतको भिडियोमा अभिनेत्री वर्ष शिवाकोटी र वर्षा राउतले अभिनय गरेका छन्। यी दुई कलाकारले पहिलो पटक एकसाथ काम गरेका हुन्।गीतको नृत्य निर्देशक गम्भीर विष्ट रहेका छन् भने गीतमा राजकुमार बगरको शब्द तथा सुदाम थापाको संगीत रहेको छ।गायिका मल्ल आफु केही समय ग्यापमा रहेर परिवारसँग समय विताएपनि फेरी यो वर्ष तीजको गीत लिएर आएको बताईन्। उनले पहिलेको जस्तै यो गीतले पनि सफलता पाउनेमा विश्वस्त रहेको बताईन्।मल्लले अब फेरी गायन क्षेत्रमा नै सक्रिय भएर लाग्ने बताईन्।

हेर्नुहोस् भिडियो:

https://youtu.be/vwfykj9N694

प्रतिक्रिया दिनुहोस्