Logo

रुकुममा नवनिर्वाचित वडा सदस्यको हत्या



Spread the love

२७ असार,रुकुम– पुथाउत्तरगंगा गाउँपालिका–७ जाङकी नवनिर्वाचित दलित महिला सदस्य बयानसरी कामीको श्रीमानबाटै हत्या भएको छ । श्रीमान ३८ वर्षीय तेजबहादुर कामीले २७ वर्षीया श्रीमती बयानसरीको हत्या गरेको जिल्ला प्रहरी कार्यालय रुकुमले जनएको छ ।
आजको नयाँ पत्रिकामा खबर छ– घरायसी विवादका क्रममा बयानसरीका श्रीमान तेजबहादुरले आइतबार विहान खुकुरी प्रहार गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरिक्षक थम्मनबहादुर रजालीले जानकारी दिए ।
स्थानीयले घटनाबारे प्रहरीलाई खबर गरेका थिए । उक्त खबरपछि प्रहरी चौकी जाङबाट खटिएको प्रहरीले श्रीमतीको हत्या आरोपमा तेजबहादुरलाई पक्राउ गरेको छ । बयानसरी १४ असारमा सम्पन्न दोस्रो चरणको स्थानीय निर्वाचनबाट पुथाउत्तरगंगा गाउँपालिका–७ मा कांग्रेसबाट निर्वाचित भएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्