Logo

२ हप्ते प्रतिबन्धमा स्टरिज



Spread the love

३ श्रावण, काठमाडाैँ – इंग्लिस क्लब लिभरपुलका पूर्व स्ट्राइकर ड्यानियल स्टरिजलाई इंग्ल्याण्डको फुटबल एसोसियसन (एफए)ले प्रतिबन्ध लगाएको छ ।

एफएले आफ्नो बेटीङ नियम उलंघन गरेको भन्दै २९ बर्षे स्टरिजलाई २ हप्ता फुटबलमा प्रतिबन्ध लगाएको छ । यस्तै एफएले स्टरिजलाई ७५ हजार डलर जरिवाना समेत गरेको छ ।

फुटबलमा दुई हप्ताको प्रतिबन्धमा परेसँगै अब स्टरिजले ३१ जुलाईसम्म फुटबल गतिविधि गर्न पाउने छैनन् । एफएको छानविन समितिले इंग्लिस फरवार्ड स्टरिजले नियम उलंघन गरेको प्रमाण फेला पारेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्