Logo

मूलाको पात खाने गर्नुस्, यी छन् फाइदा



Spread the love

मूला विशेषत: तरकारी जन्य उपयोगको लागि प्रयोग गर्दै आइरहिएको छ । विश्वमा मूलाको  अनेक प्रजातिहरू छन्  । आकार, रंग एवं पैदा हुन लाग्ने समयको आधारमा मुलाहरु देखिँदा मात्र  पनि फरक-फरक देखिन्छन् । मुलाको केहि प्रजातिहरु  तेल उत्पादनको लागि पनि उमार्ने गरिन्छ ।

हामी पराठा, अचार, सलाद साथसाथै तरकारीको रुपमा मूला खाने गर्छौं । जरा पखाल्छौँ । पात निमोठेर फ्याल्छौँ । तब मात्र मूलाले हाम्रो भान्छामा प्रवेश पाउँछ । तर तपाइँलाई थाहा छ, मूलाको पातमा रोगप्रतिरोधात्मक पोषक पदार्थहरु पाइन्छ ।

यहाँ हामी तपाईलाई मूलाको पातको फाइदाहरु बताउँछौं । मूलाको पातमा भिटामिन बि-१,  बि-२, बि-३, बि-४, बि -५, बि-६, बि-९, भिटामिन सी, भिटामिन के, भिटामिन ई, भिटामिन ए लगायतका पोषणयुक्त पदार्थहरु पाइन्छ । आयरन, म्यागनिसियम, पोटासियम, क्याल्सियम, जिंक, फस्फोरस पनि हाम्रो शरीरको लागि निकै लाभदाहक रहन्छ । यसको अलवा कार्बोहाइड्रेट, प्रोटिन, फाइबरले पनि हामीलाई तन्दुरुस्त बनाइराख्छ ।

मूलाको पातमा थियामिन नामक तत्व पाइन्छ जसलाई खाँदा हाम्रो शरीरमा हेमोग्लोबिनको मात्रा ठिक रहिरहन्छ । गर्भवती महिलाहरुले मूलाको पात खाँदा बच्चा र आमा दुवैको स्वास्थ्य ठिक रहन्छ ।

प्रतिक्रिया दिनुहोस्