Logo

मर्स्याङ्दी नदीबाट युवकको उद्धार



फाइल तस्बीर

३ श्रावण, तनहुँ – मर्स्याङ्दी नदीबाट प्रहरीले एक युवकको सकुशल उद्धार गरेको छ । बेँसीशहर नगरपालिका–११ पाण्डेगाउँका अन्दाजी ३५ वर्षीय राजु पाण्डेलाई आज वडा नं ८ स्थित करपुरेश्वर महादेव मन्दिर नजिकैको डम्पिङ साइट नजीकबाट उद्धार गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

करिब १ सय मिटरमाथिबाट नदीले बगाएर नदीबीचमा दुई ढुंङ्गामा अड्किएका अवस्थामा प्रहरीलाई स्थानीयबाट खबर आएलगत्तै घटनास्थलमा प्रहरी पुगी करीब अपराह्न २ बजेतिर उद्धार गरिएको प्रहरी निरीक्षक वसन्त पाण्डेले बताए । उद्धार गरिएका युवक आफ्नो नाम, थर, ठेगाना बताउन नसक्ने सुस्त मनस्थितिका जस्तो रहेका प्रहरीले जनाएको छ ।

माउण्ट बुद्ध मिडिया द्वारा सञ्चालित सल्लेरी खबर सूचना विभागमा २७ नम्बरमा दर्ता रहेको छ ।

प्रतिक्रिया दिनुहोस्