Logo

आयुर्वेद प्रतिष्ठान विधेयक पारित



Spread the love

३ श्रावण, काठमाडाैँ – सुदूरपश्चिम प्रदेशसभाको आजको बैठकले ‘सुदूरपश्चिम आयुर्वेद प्रतिष्ठान स्थापना र सञ्चालन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७६’ पारित गरेको छ ।

सामाजिक विकासमन्त्री कृष्णराज सुवेदीले बैठकमा उक्त विधेयक पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गरेका थिए । यसअघि प्रस्तावमाथि भएको छलफलमा भाग लिने प्रदेशसभा सदस्यले आयुर्वेद शिक्षाको महत्व र आवश्यकता अहिलेको युगमा जरुरी रहेको बताए । उनिहरुले आयुर्वेद प्रतिष्ठान स्थापना र सञ्चालनका लागि ल्याइएको विधेयकको समर्थन गरे ।

छलफलमा प्रदेशसभा सदस्य दीर्घबहादुर सोडारी, बलदेव रेग्मी, भरतबहादुर खड्का, देवराज पाठक र मालामतिकुमारी राना थारुले भाग लिएका थिए । आयुर्वेद प्रतिष्ठान सम्बन्धी विधेयक पारित भएसँगै प्रदेश सरकारलाई प्रतिष्ठान स्थापना गरी सञ्चालन गर्ने बाटो खुलेको छ ।

धनगढी उप–महानगरपालिका–१३ मा आयुर्वेद प्रतिष्ठान निर्माणको प्रक्रियामा रहेको छ । प्रदेशसभाको अर्को बैठक साउन ६ गते अपरान्ह ३ बजे बस्ने छ ।

प्रतिक्रिया दिनुहोस्