Logo

हुम्लामा स्वास्थ्यकर्मीद्वारा आत्महत्या



Spread the love

४ साउन, सिमकोट । हुम्लामा एक स्वाथ्यकर्मी झुण्डिएर आत्महत्या गरेका छन् । सर्केगार्ड गाउँपालिकाको रिप स्वास्थ्य चौकीमा कार्यरत अहेब भुवनेश्वर आचार्यले सदरमुकाम सिमकोटको डिभिजन वन कार्यालयको माथिल्लो तलाको बार्दलीमा डोरीको पासो घाँटीमा लगाएर झुण्डिएको अवस्थामा उनको शव भेटिएको हो ।

शुक्रबार बेलुका ५७ वर्षे आचार्यले झुण्डिएर आत्महत्या गरेको अवस्थामा भेटिएको प्रहरी नायब उपरीक्षक राम प्रसाद घर्तीमगरले बताएका छन् । शव हेर्दा घाउ चोट कतै केही पनि नदेखिएको र डोरीमा झुण्डिएको अवस्थामा शव रहेको उनले बताए ।

घटनाका बारेमा प्रहरीले थप अनुसन्धान गरी रहेको छ । घरका परिवारका सदस्यहरुलाई पनि खबर गरिएको प्रहरीले जनाएको छ । आचार्यका आफन्तको अनुमति बिना शवलाई झुण्डिएको ठाउँबाट ननिकालिने पनि उनले बताएका छन् ।

दुई सन्तान, एक श्रीमति भएका आचार्यका स्थायी ठेगाना कैलाली जिल्ला टिकापुर ११ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्