Logo

रौतहटमा खाल्डोमा डुब्दा दुई बालिकाको मृत्यु



Spread the love

४ साउन, रौतहट । रौतहटको देवाही गोनाही नगरपालिकामा रहेको पानी जमेको खाल्डोमा डुब्दा दुई बालिकाको ज्यान गएको छ ।

ज्यान गुमाउनेमा ८ वर्षीया निरुता कुमारी र पिन्की कुमारी रहेकी छिन् । उनीहरु बाख्रा चराउन गएका थिए भने गर्मीका कारण खाल्डोमा नुहाउने क्रममा  डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

मृतक बालिकाहरुको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल गौर ल्याइएको छ ।

प्रतिक्रिया दिनुहोस्