Logo

१२औं दक्षिण एसियाली शारीरिक सुगठन च्याम्पियनसिपमा समिरलाई स्वर्ण



Spread the love

५ असार, काठमाडाैँ – नेपालका समिर श्रेष्ठले १२औं दक्षिण एसियाली शारीरिक सुगठन च्याम्पियनसिपको पुरुष ६५ केजीमा शुक्रबार स्वर्ण जितेका छन् ।

साे खेलमा भारतका दिनेश दोश्रो तथा नेपालकै प्रज्ज्वलमान शाक्य तेश्रो भए । पहिलो दिन जम्मा ६ स्पर्धामा प्रतिस्पर्धा भएको थियो । त्यसमा नेपालले १ स्वर्ण, ४ रजत र ३ कांस्य गरी ८ पदक जित्यो ।

पुरुष ५५ केजीमा नेपालका किसनदास महर्जनले कांस्य हात पारे । यस्तै, पुरुष ६० केजीमा नेपालका कमल भण्डारी दोश्रो भए ।

नेपाल शारीरिक सुगठन तथा फिट्नेस संघद्वारा आयोजित प्रतियोगिताको पुरुष ७० केजीमा नेपालका रमेश कार्कीले रजत हात पारे । अफगानिस्तानका अब्दुल समी पहिलो र इमरान अली तेश्रो भए ।

यस्तै, महिला एथलेटिक फिजिकमा नेपालले दुई पदक हात पार्यो । रजनी श्रेष्ठले रजत तथा सुजिता मानन्धरले कास्य जितेका हुन् ।

प्रतिक्रिया दिनुहोस्