Logo

१०८ जनाले गरे रक्तदान



Spread the love

५ साउन, भक्तपूर – नेपाल रेडक्रस सोसाइटी दुवाकोट शाखाले शनिबार आकस्मिक रुपमा आयोजना गरेको रक्तदानमा १०८ जनाले रक्तदान गरेका छन् ।

रेडक्रसको नेतृत्वमा स्थानीय विभिन्न सङ्घसंस्थाको समन्वयमा भएको कार्यक्रममा ७५ पुरुष र ३३ महिलाले रक्तदान गरेको शाखाका सभापति सोम प्रधानले जानकारी दिए ।

कार्यक्रममा २८ ले मृत्युपर्यन्त अङ्गदान गरेको र १८ ले आँखा दान गरेको प्रधानले जानकारी दिए । त्यसैगरी शनिबार नै महानगरीय प्रहरी परिसरले आयोजना गरेको आकस्मिक रक्तदानमा ५३ ले रक्तदान गरेको प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्