Logo

पर्सामा असुरक्षित गर्भपतनका कारण १ युवतीको मृत्यु



Spread the love

५ साउन, पर्सा । पर्साको पोखरिया नगरपालिका वडा नम्बर ६ मा असुरक्षित गर्भपतनका कारण १ युवतीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा २० वर्षीय सावित्रीकुमारी शर्मा रहेकी छिन् । प्रहरीले सोही स्थानका सिकेन्द्र प्रसाद चौहानलाई अबैध सम्बन्ध राखी साबित्रीलाई गर्भवती बनाएको आरोपमा पक्राउ गरेको छ ।

सिकेन्द्र र साबित्रीको अवैध यौन सम्बन्धबाट गर्भ रहेपछि दुबैजनाले भारतको रक्सौल गई ५ महिनाको गर्भ असुरक्षित गर्भपतन गराउने क्रममा साबित्री गम्भिर बिरामी भएकी थिइन् ।

गम्भिर बिरामी रहेकी साबित्रीको वीरगञ्ज हेल्थ केयरमा उपचारको क्रममा ज्यान गएको हो ।
प्रहरीको नियन्त्रणमा रहेको सिकेन्द्रमाथि ज्यान मुद्दा दर्ता गरी कारवाही प्रक्रिया अघि बढाइएको र मृतक साबित्री शबलाई पोष्टमार्टमको लागि नारायणी अस्पतालमा राखिएको पर्सा प्रहरीले जानकारी दिईएको छ ।

 

प्रतिक्रिया दिनुहोस्