Logo

तिलाठीको बल्झिरहने घाउ



Spread the love

सप्तरी – वर्षा लाग्नासाथ तिलाठीवासीको निद्रा खोसिन्छ । सप्तरीमा टन्टलापुर घाम लागे पनि तिलाठी नदीको मुहान चुरे क्षेत्रमा वर्षा हुँदा बाढीको भय हुने गर्छ । तिलाठी क्षेत्र हरेक वर्ष डुबानमा पर्दै आएको छ । बाढीबाट बर्सेनि ठूलो क्षति हुन्छ भन्ने खबर आजको अन्नपूर्ण पोस्टमा छापिएको छ ।

सरकारले केही राहत दिने घोषणा पनि गर्छ तर स्थायी समाधान कहिल्यै हुँदैन । थोरै-थोरै राहतभन्दा स्थायी रूपमै बाढी रोक्ने उपाय गरिदिन तिलाठीवासीले सरकारसँग माग गरेका छन् । ‘औषधोपचार र खानेकुरा किन्न दैनिक बजार निस्कनुपर्छ’, स्थानीय सीतादेवी यादवले भन्नुभयो, ‘बाढी आएका बेला कसरी जानु ? ‘

अर्का स्थानीय विनोदकुमार यादवले यो समस्या वर्षौं पहिलेदेखि रहेको भन्दै सरकारले वास्ता नगरेको गुनासो गर्नुभयो । ‘अब यसको स्थायी समाधान चाहियो’, उहाँले भन्नुभयो ।तिलाठी डुब्नुको एउटै कारण हो, खाँडो नदी । भारतीय पक्षले बहाव रोक्ने प्रयास गरेपछि यो नदी नेपाली भूमि हुँदै दक्षिण भेगतिर बग्छ ।

भारतीय पक्षले बाँध बाँधेर खाँडोको पुरानो बहाव परिवर्तन गरेपछि तिलाठी डुब्न थालेको हो । यसको स्थायी समाधानका लागि दुई देश ९भारत र नेपाल० बीच तिलाठीलाई भलुवाही खोलामा खसालेर बहाव नियन्त्रण गर्ने सहमति भएको थियो ।

प्रतिक्रिया दिनुहोस्