Logo

टोटनह्यामसँग हार्यो युभेन्टस



Spread the love

६ साउन, काठमाडाैँ – इन्टरनेसनल च्याम्पियन्स कप फुटबलमा इंग्लिस क्लब टोटेनह्यामसँग  इटालियन युभेन्टसले  हार व्यहोरेको छ । प्रि-सिजन टुर अन्तर्गत आइतबार सिंगापुरमा भएको मैत्रीपूर्ण खेलमा टोटेनह्यामले युभेन्टसलाई ३-२ गोल अन्तरले पराजित गरेको हो ।

टोटनह्यामलाई जित दिलाउन एरिक लामेला, लुकास मौरा र ह्यारी केनले एक एक गोल गरे । युभेन्ट्सका गोन्जालो हिगुइन र क्रिस्टियानो रोनाल्डोले एक एक गोल गरे ।

खेलमा सुरूवाति अग्रता लिएको टाेटनह्याले अन्तिम समयमा ह्यारी केनको गोल मार्फत जित दर्ता गरेको हो ।

प्रतिक्रिया दिनुहोस्