Logo

एन्फालाई रेफ्री कमिटीको प्रतिवेदन



Spread the love

६ साउन, काठमाडाैँ – रेफ्री कमिटीले एन्फालाई आफ्नो वार्षिक प्रतिवेदन बुझाएको छ । आइतबार एन्फा रेफ्री कमिटीका संयोजक रबिन्द्र नाथ कोजुले एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पा र महासचिव इन्द्रमान तुलाधरलाई वार्षिक प्रतिवेदन बुझाएको हुन्।

हरेक वर्षको साउन १ गते एन्फा रेफ्रीको कार्यभार सकिने गर्दछ । त्यसपछि नयाँ सेसन शुरु हुने गर्दछ । एन्फालाई बुझाएको प्रतिवेदनमा देशभर एन्फा रेफ्रीले खेलाएको प्रतियोगिताको विवरण उल्लेख गरेको छ ।

एन्फा अध्यक्ष शेर्पाले प्रतिवेदन बुझ्दै रेफ्रीलाई बलियो बनाउन एन्फा सधै तयार रहेको बताए । उनले रेफ्रीलाई बलियो बनाउन रेफ्री रिफ्रेसर कोर्स, आधारभुत ज्ञान, कन्फ्युजन ग्याप र अनुशासन सम्वन्धी कोर्सको आवश्यकता रहेको बताए ।

यस्तै अध्यक्ष शेर्पाले रेफ्रीको सानो गल्तीले कहिलेकाही क्लबको लगानी डुब्न सक्ने र रेफ्रीलाई प्रश्नरहत बनाउन रेफ्री शिक्षालाई बढवा दिन एन्फा तयार रहेको थपे ।

नेपालमा अहिले पुरुष १० रहदा महिला २ सहित १२ फिफा रेफ्री छन् । त्यस्तै राष्ट्रिय मान्यता प्राप्त रेफ्रीहरु २० जना छन् ।

प्रतिक्रिया दिनुहोस्