Logo

९ महीनादेखि अन्धकारमा



Spread the love

 

६ साल, काठमाडाैँ – जुम्ला सदरमुकाममा उपभोक्ता समिति र ठेकेदारको लापरवाहीले गर्दा बत्ती अनिश्चितकालका लागि नआउने औपचारिक घोषणा गरिएको छ ।

कर्णालीकै पहिलो नगरपालिका चन्दननाथ तथा साविकको कर्णाली अञ्चल सदरमुकाम जुम्ला खलङ्गा विगत नौ महीनादेखि अन्धकारमा छ ।

उद्योग कलकारखाना, इलेक्टोनिक पसल तथा सञ्चार माध्यमहरु ठप्प छन् । साना जलविद्युत् उपभोक्ता समितिले विभिन्न मितिमा बत्ती बाल्ने आश्वासन दिएर उपभोक्तालाई आश्वासन दिँदै आएको थियो । २२० किलोवाट क्षमताको विद्युत्बाट खलङ्गाका २२ हजार उपभोक्ता लाभान्वित रहेका थिए ।

नयाँ यन्त्र जडान गर्ने नाममा भारतीय पासी शुभकामना जेभी गेटा निर्माण कम्पनी र ठेकेदार पुस्करलाल दुवईले बदमासी गरेपछि आइतबार सर्वपक्षीय बैंठकले खलङ्गामा बत्ती नआउने औपचारिक घोषणा गरेको हो । गत पुस महीनादेखि नयाँ यन्त्र जडान गरिरहेको भन्दै निर्माण कम्पनीले बत्तीबाट उपभोक्तालाई अन्धकारमा राखेको छ ।

साना जलविद्युत उपभोक्ता समितिका अध्यक्ष विष्णु बुढ्थापाले नयाँ यन्त्र जडान गर्ने क्रममै बोरिङ बिग्रिएपछि ठेकेदार दुवई सम्पर्कविहीन छन् । सांसद गजेन्द्र महतसहितको उपस्थितिमा बैठक बसेको थियो । बैठकले ठेकेदारलाई जुम्ला बोलाउने र यन्त्र मर्मतका लागि धनगढी लैजाने निर्णय गरिएको जिल्ला समन्वय समितिका उपप्रमुख कार्मा बुढाले बताए ।

रु ३ करोड ८ लाखको लागतमा नयाँ यन्त्र जडान गर्न लागिएको थियो । बत्ती नबाल्दै ठेकेदारले रु एक करोड ८६ लाख ८५ हजार ३४० भुक्तानी लिइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्