Logo

धादिङमा माइक्रो दुर्घटना : १२ जना घाइते



Spread the love

६ साउन, धादिङ । आज बिहान पृथ्वीराजमार्ग अन्तर्गत धादिङको थाक्रे गाउँपालिका–१ खयरघारीमा माइक्रो दुर्घटना हुँदा १२ जना घाइते भएका छन् ।

चितवनबाट काठमाडौँ जाँदै गरेको बा ५ ख २१५१ नम्बरको माइक्रोलाई विपरीत दिशाबाट आउँदै गरेको लु २ ख २१३४ नम्बरको बसले ठक्कर दिँदा माइक्रो खोलामा खस्दा उक्त दुर्घटना भएको हो ।

दुर्घटनामा परि घाइतेहुनेहरु सबैको काठमाडौँस्थित ट्रमा सेन्टर उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रुपक खड्काले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्