Logo

कैलालीमा छोराले गरे आफ्नै वृद्ध बुबाको हत्या, आमा गम्भीर घाइते



Spread the love

६ साउन, कैलाली । कैलालीको घोडाघोडी नगरपालिका–११ सिसैयामा छोराले बुबाको हत्या गरेका छन् । भने आमालाई गम्भीर घाइते बनाएका छन् ।

प्रहरीका अनुसार आइतबार राति ५५ वर्षीय उदय रावतले ७५ वर्षीय काल्चे रावतलाई धारिलो हतियारले हानेर हत्या गरेका हुन् । साथै छोराको आक्रमणबाट आमा ६० वर्षीया नन्दा रावत पनि गम्भीर घाइते भएकी छन् ।

गम्भीर घाइते नन्दाको घोडाघोडी अस्पतालमा सामान्य उपचार पश्चात थप उपचारको लागि कोहलपुर अस्पताल रिफर गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिइएको छ ।

घटनालगत्तै फरार रहेका उदयलाई प्रहरीले नियन्त्रणमा लिई हत्याकाे कारणबारे अनुसन्धान गरिरहेको प्रहरीले जनाएकाे छ ।

प्रतिक्रिया दिनुहोस्