Logo

दाङमा पोखरीमा डुबेर तीन किशोरीको मृत्यु



Spread the love

६ साउन, दाङ । घोराही उपमहानगरपालिका–१८ मा पोखरीमा डुबेर तीन किशोरीको ज्यान गएको छ ।

ज्यान गुमाउनेमा अम्वापुर बस्ने १९ बर्षीया बसन्ता बिक, सालघारी निवासी १९ बर्षीया झरणा बिक र झरनाकी १६ बर्षीया बहिनी अमृता बिक रहेका छिन् ।

उनीहरुको कटुवा खोला किनारमा सिंचाईका लागि निर्माण गरिएको पोखरीमा नुहाउन क्रममा डुवेर मृत्यु भएको हो । प्रहरीले पोखरीमा डुबेको अबस्थामा उनीहरुलाई उद्दार गरी उपचारका लागि राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिइएको छ ।

यस घटनाको बारेमा आवश्यक अनुसन्धान भईरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्