Logo

ट्युबलाइटको व्यापार २०० करोड



Spread the love

कविर खानको निर्देशन र सलमान खानको निर्माण र अभिनय रहेको फिल्म ट्युबलाइटले बक्स अफिस कलेक्सनबाट २०० करोड हात पारेको छ । रिलिज भएको १० औं दिनसम्म चलचित्रले भारतमा १५२ करोड र विदेशबाट ४८ करोडको व्यापार गरेको छ ।

 

रिलिज हुनुपूर्व नै निकै चर्चामा रहेको ट्युबलाइटले बक्स अफिस कलेक्सनको रेकर्ड तोड्न भने असफल रह्यो । ट्युबलाइट, एयरलिफ्ट, जब तक हे जान, रुस्तम र सिंघम रिटन्र्सकै हाराहारीमा व्यापार गरेको बताइएको छ । तर ट्युबलाइटले २०१७ मा रिलिज भएका चलचित्रहरुमा ओपनिङ दिनमा २१ करोड कमाएर बाहुबली – २ पछि दोस्रो स्थानमा रह्यो ।

सन् १९६२ को भारत–चीन युद्धमा आधारित चलचित्र ट्युबलाइटमा बलिउडका लिेजेण्ड ओम पुरी, चिनियाँ कलाकार झु झु र बालकलाकार मतिन रेके मुख्य अभिनय रहेको छ । चलचित्रमा मुख्य भुमिका निर्वाह गरेका ओम पुरीको गत जनवरीमा निधन भएको थियो । ट्युबलाइट हलिउड चलचित्र लिटल ब्वायको रिमेक हो ।

प्रतिक्रिया दिनुहोस्