Logo

टी-२० विश्वकप छनोट: सिंगापुरको विजयी सुरुवात



Spread the love

६ साउन, काठमाडौं । आईसीसी टी–२० विश्वकपको एसियाली छनोट प्रतियोगिताको पहिलो खेलमा आयोजक सिंगापुर विजयी भएको छ । आज भएको उद्‌घाटन खेलमा सिंगापुरले कतारलाई ३३ रनले पराजित गरेको हो।

टस जितेर पहिले ब्याटिङ थालेको सिंगापुरले २० ओभरमा ७ विकेटको नोक्सानीमा १८६ रन जोड्न सफल भयो । जवाफी ब्याटिङमा उत्रिएको कतार २० ‌ओभरमा ९ विकेटको नोक्सानीमा १५३ रनमै सिमित रह्यो ।

कतारका लागि तामु सज्जादले सर्बाधिक ३४ रन जोड्ने क्रममा २९ बलको सामना गर्दै २ चौका र २ छक्का हिर्काए। मोहमद रिजलानले ३३ बलको सामना गर्दै नटआउट ३३ रन जोडे। फइसल जावेदले २९ रन र मोहमद तनवीरले १४ बलको सामना गर्दै २१ रन जोडे ।

बलिङतर्फ जनक प्रसाद र अमजादले समान ३–३ विकेट हात पारे ।

त्यसअघि सिंगापुरका लागि सुरेन्द्रन चन्द्रमोहनले सर्वाधिक ४७ रनको योगदान दिए । त्यस्तै टिम डेविडले ३८, मनप्रित सिंहले ३४ र रोहन रंगराजनले ३२ रन जोेडे ।

बलिङतर्फ कतारका इकबाल हुसेनले चार विकेट हात पारे भने नोउमन सरवारले दुई विकेट लिए ।

मंगलबार विहान कतारसँग खेल्दै नेपालले आफ्नो पहिलो खेलको सुरुवात गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्