Logo

प्रि-सिजनको मैत्रीपूर्ण खेलमा सेभिल्लासँग लिभरपुल पराजित



Spread the love

६ साउन, काठमाडौं । प्रि-सिजनको मैत्रीपूर्ण खेल अन्तर्गत आइतबार राती स्पेनिस क्लब सेभिल्लासँग लिभरपुल २-१ ले पराजित भएको छ ।

खेलको ३७ औं मिनेटमा नोलिटोको गोलमार्फत सेभिल्लाले अग्रता लिएको थियो । लिभरपुलले पहिलो हाफको अन्तिम मिनेटमा एलेक्जेन्डर आर्नोल्डको क्रस डिफेन्डरले क्लियर गर्न नसक्दा ओरिगिले गोल गर्दै खेललाई बराबरीमा फर्कायो ।

७६ औं मिनेटमा सेभिल्ला १० खेलाडीमा सिमित भयो । लिभरपुलका लारोचीलाई सेभिल्लाका नाग्ननले फल गरेपछि रेफ्रीले सिधै रातो कार्ड देखाएको थियो ।

अन्तिम मिनेटमा पोजोको गोलबाट सेभिल्लाले खेलमा अग्रता बनायो । थप समयमा गोल हुन नसक्दा लिभरपुलले खेलमा हार व्यहोर्नु पर्यो ।

प्रतिक्रिया दिनुहोस्