Logo

के तपाईँ भाग्यमानी हुनु हुन्छ ? यस्ता छन् लक्षण



Spread the love

के तपाईँलाई थाहा छ, कसरी हुन् सकिन्छ भाग्यमानी ? यदि थाहा छैन भने थाहा पाईराख्नुहोस् भाग्यमानी हुने यी सङ्केतहरू l जसले जनाउँदछ तपाईँ वास्तवमै भाग्यमानी हुनु हुन्छ l

निरोगी शरीर
यदि तपाईँ सुख जीवन जिउन चाहनु हुन्छ भने तपाइको शरीर स्वस्थ हुनु जरुरी छ । यदि तपाईँ रोगी हुनु हुन्छ भने कुनै पनि काम गर्न सक्नु हुन्न । यस्तो अवस्थामा तपाईँ जीवनका हरेक कुराबाट वञ्चित हुनुहुन्छ । उक्त कारण तपाईँ भाग्मानी बन्न चाहनु हुन्छ भने निरोगी हुन् अति नै आवश्यकता रहन्छ l

धन पैदा गर्ने विद्या
पैसा त आउने जाने चिज हो । त्यसैले यसले तपाइको साथ जति खेर पनि छोड्दिन सक्छ l तर तपाइसँग तपाइको विद्या छ भने त्यसले तपाइको साथ कहिले पनि छोड्दैन र तपाइलाई हरेक कुरामा साथ दिने गर्दछ l त्यसैले मानिसहरूसँग विद्या हुनु जरुरी रहेको छ l

मीठो बोल्ने पत्नी
यदि तपाइसँग मिठो बोल्ने पत्नी छ भने तपाईँ असाध्यै भाग्यमानी पुरुष हुनु हुन्छ । किनकि तपाइको पत्नीले जहिले पनि मिठो बचन बोली तपाइको इज्जत जोगाउने गर्दछ l

आज्ञाकारी पुत्र
वर्तमान समयमा सबैभन्दा ठुलो समस्या सन्तान हो । सन्तान यदि गलत बाटोमा लागे भने यसको दोष बुबा आमालाई पर्न जान्छ । सन्तान विद्वान् हुन भनेको ठुलो सुख हो । त्यसैले सन्तान आज्ञाकारी हुनु जरुरी छ l उक्त कारण सन्तान आज्ञाकारी हुनु भनेको तपाइ भाग्यमानी हुनु हो l

प्रतिक्रिया दिनुहोस्