Logo

बर्दिबासमा तिर्थालु बोकेको गाडी दुर्घटना, २८ जना घाइते



Spread the love

६ साउन, बर्दिबास । महोत्तरीको बर्दिबास नगरपालिका–५ स्थित टुटेश्वरमा बोलेरो जिप दुर्घटना हुँदा २८ जना घाइते भएका छन् ।

भारतीय तिर्थालुलाई टुटेश्वरनाथ महादेव मन्दिरमा दर्शन गराई फर्कने क्रममा ना ४ च १०९९ नम्बरकाे बोलेरो जिप दुर्घटना द्रुत गतिमा गुडिरहेको अबस्थामा पूर्व–पश्चिम राजमार्गस्थित टुटेश्वर चोक नजिकै सडकबाट चिप्लिएर दुर्घटना भएको हो ।

दुर्घटनामा परि घाइते सबैजनाको बर्दिबासस्थित शुभ स्वस्तिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । भने उक्त तिर्थालुहरु सिन्धुलीको मेला भरेर बर्दिबासस्थित टुटेश्वरनाथ मन्दिर दर्शन गर्न पुगेका थिए ।

प्रतिक्रिया दिनुहोस्