Logo

‘सेटिङ’ मिलाएर पैसा सङ्कलन गर्नेहरू विरुद्ध कडा रूपमा उत्रने : मुख्यमन्त्री शेरधन



Spread the love

६ साउन, विराटनगर l प्रदेश नम्बर–१ का मुख्यमन्त्री शेरधन राईले प्रदेश सरकारले भ्रष्टाचारविरूद्ध शून्य सहनशीलता अपनाउने बताए ।

आज प्रदेश सरकार मातहतका कर्मचारीलाई आफ्नो कार्यालयमा बोलाएर कर्मचारी खुलेआम ठुलो रकम घुससहित पक्राउ पर्नुले लज्जाबोध भएको भन्दै मुख्यमन्त्री राईले त्यसबाट जाने सन्देशप्रति गम्भीर बन्न आग्रह गरेका छन् ।

उनले ‘सेटिङ’ मिलाएर पैसा सङ्कलन गर्नेहरू विरुद्ध कडा रूपमा उत्रने बताएका छन् । प्रदेश बनाउने आफ्नो अभियानमा सहयोग गर्न मुख्यमन्त्री राईको आग्रह थियो ।

प्रतिक्रिया दिनुहोस्