Logo

के माओवादी केन्द्रले यो रहस्यको गाँठो फुकाउन सक्ला?



Spread the love

असार ३१, काठमाडौं।आज भन्दा केही दिन अघि दोस्रो चरणको स्थानीय तह निर्वाचन वरिपरि पनि मन्त्रिपरिषद विस्तार कै शिलशिलामा माओवादी केन्द्रले मन्त्री परिषदमा पठाउनेको नाम र मन्त्रालय टुंग्याइ प्र.म. शेरबहादुर देउवालाई  सक्यो भनी मिडियामा ब्याप्त गरेको पनि न कसैले भुलेको छ, न त मसी नै सुकेको छ।

आज पनि त्यही कुरा दुरुस्तै काटी-कुटी दोहोरीएको छ, यो दोस्रो पटक पनि त्यस्तै फिका होला वा वास्तविकतामा बद्लिएला ? यो प्रतिक्षा कै विषय रह्यो । तर माओवादी केन्द्रमा पार्टी अध्यक्ष प्रचण्ड भन्दा माथि निर्णय गर्ने पर्दा भित्रको गिरोह को छ ? पार्टी स्वचालित छ कि संचालित छ ? जसले पार्टी र पार्टी नेतृत्वलाई उछिनेर/नाघेर नेतृत्वलाई जिल पार्ने गरी निज स्वार्थ भ्वाङै पारी सबैले देख्ने र बुझ्ने गरी मिडिया बाजी गर्छ !?

एक दिन यो रहस्य त खुल्ने नै छ, तर पार्टीले यो रहस्यलाई त अवश्य नै खुलाउनु र चिर्नु पनि । किनकि यो आम पार्टी नेतृत्व र कार्यकर्ताको स्वाभिमानको प्रश्न भैसक्यो।

प्रतिक्रिया दिनुहोस्