Logo

दयाहाङ र कर्मा उपासनाको पछि ‘दुबो फुल्यो’ भन्दै भाग्दै (हेर्नुहोस् भिडियो)



Spread the love

बहुप्रतिक्षि चलचित्र “कबड्डी कबड्डी कबड्डी”को पहिलो गीत ‘दुबो फुल्यो’ सार्वजनिक भएको छ । यस अघि फिल्म युनिटले फिल्मको टिजर सार्वजनिक गरिसकेका थिए भने टिजरले युट्युबमा दर्शकको राम्रो साथ पाएको र उक्त गीतले पनि दर्शकको मन जित्ने निर्देशक रामबाबु गुरुङले बताए ।

गीतमा दयाहाङ राई, उपासना सिंह ठकुरी, कर्मा शाक्य, विल्सन विक्रम राई र विजय बराललाई देख्न सकिन्छ । उक्त गीतलाई एसडी योगीले सङ्गीत भरेको गीतमा हर्क साउदको शब्द रहेको छ भने हेमन्त राना र ऋतिका श्रेष्ठको स्वर रहेको छ । गीतलाई रिकेश गुरुङले एरेन्ज गरेका छन् ।

चलचित्र स्वजातिय विवाह र अन्तरजातीय प्रेम सम्बन्ध र कमेडीमा निर्माण गरिएको निर्देशक रामबाबु गुरुङले बताएका छन् । चलचित्रको मुख्य भूमिकामा दयाहाङ राई, उपासना सिंह ठकुरी, विजय बराल, रिश्मा गुरुङ, कर्मा शाक्य, माओत्से गुरुङ, पुष्कर गुरुङ, कविता आले, विल्सन विक्रम राई, बुद्धि तामाङ, लुनिभा तुलाधर, कमलमणि नेपाल, अरुणा कार्की पोखरेल, राजन खतिवडा, मणि के राई, डी.बि गुरुङ, राजेन्द्र थापा लगायतका कलाकारहरूको अभिनय रहको छ ।

भिडियोलाई रेनशा राई राणाले निर्देशन गरेकी छिन् भने वाइल्ड रिपर्ज ग्रुपको कोरियोग्राफी रहेको छ । शैलेन्द्र ध्वज कार्की द्वारा छायाङ्कन गरिएको चलचित्रलाई निमेष श्रेष्ठले सम्पादन गरेका छन् ।चलचित्रलाई रामबाबु गुरुङले नै लेखन तथा निर्देशन गरेका छन् । चलचित्र आउँदो भाद्र १३ गतेबाट देशभर रिलिज हुँदैछ ।

भिडियो हेर्नको लागि यहाँ क्लिक गर्नुहोस् :

https://youtu.be/sTbBZFoVk3U

प्रतिक्रिया दिनुहोस्