Logo

राजधानीमा स्कुलवाट फर्किदै गर्दा एउटी छात्रा परिन् सडकको खाल्डोमा (भिडियोसहित)



Spread the love

काठमाडौंमा शुक्रबार दिउँसो मुसलधारे वर्षा भयो । वर्षासँगै सडक खोला बन्यो । विद्यालय छुट्टी हुने समयमै भएको वर्षाले विद्यार्थीलाई घर फर्कन निकै समस्या भयो ।  पानीमा भिज्दै गन्तव्यतर्फ गइरहेका स्कूले विद्यार्थी निकै समस्यामा थिए । काठमाडौंको सामाखुशी सडकमा पानीले नदेखिएपछि एउटी छात्रा खाल्डोमा पसिन् । जुन भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ ।

मेलम्चीको पाइपलाईन विस्तारको लागि खनिएका खाल्डा र सडकविस्तारले अधिकांस स्थानको ढलहरु पुरिएका छन् भने सडक पोखरी जस्तै हुने गरेको छ । ठूलो पानी परेसँगै बाटो होकी खोलो छुट्यानै गाह्रो समेत हुने गरेको छ ।सडकमा मान्छे नै छिर्ने खाल्डोको पनि वेवास्ता गरेर काम नहुनु निकै दुःखद कुरा हो ।

हेर्नुहोस् भिडियो:

https://youtu.be/MXsHR_Tr74E

प्रतिक्रिया दिनुहोस्