Logo

शोकमा डुब्यो गुल्मी,पहिरोमा परी ६ जनाको मृत्यु, ६ भन्दा बढी बेपत्ता



Spread the love

७ साउन, गुल्मी – सोमबारदेखि परेको अबिरल वर्षाका कारण गुल्मीमा ६ जनाको मृत्यु भएको छ भने ६ जना भन्दा बढी बेपत्ता भएका छन् । जिल्लाको सत्यवती गाउँपालिका वडा नम्वर ३ र ४ मा पहिरो कारण घर पुरीँदा ६ जनको मृत्यु भएको र ६ जना भन्दा बढी बेपत्ता भएका हुन् ।

पहिरोमा परी मृत्यु हुनेमा ठूलो लुम्पेककी ३२ वर्षीय तिलकुमार त्रामु, उनका ९ वर्षका छोरा दर्शन त्रामु रहेका छन् । त्यस्तै, वडा नम्बर ४ लिंघाका ६५ वर्षीया छल्ली विक, २८ वर्षीया पम्फा विकको पनि पहिरोले ज्यान लिएको छ । त्यसैगरी मृत्यु भएका बाँकी दुई जनाको अझै सनाखत हुन नसकेको सत्यवती गाउँपालिकाका अध्यक्ष पारीश्वर ढकालले बताए ।

बेपत्ता भएकाको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

खड्का सल्लेरी खबरका लुम्बिनी प्रदेश सम्बाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्