Logo

पहिरोको चपेटामा गुल्मी, १० जनाको मृत्यु, ७ बेपत्ता



Spread the love

७ साउन, गुल्मी – सोमबारदेखि परेको अबिरल वर्षाका कारण गुल्मीमा १० जनाको मृत्यु भएको छ भने ७ जना बेपत्ता भएका छन् । जिल्लाको सत्यवती गाउँपालिका वडा नम्वर ३ र ४ मा पहिरो कारण घरहरू पुरीँदा १० जनको मृत्यु भएको र ७ जना बेपत्ता भएको डा शिला ढकालले बताएकी छिन् ।

पहिरोमा परी मृत्यु हुनेमा ठूलो लुम्पेककी ३२ वर्षीय तिलकुमार त्रामु, उनका ९ वर्षका छोरा दर्शन त्रामु रहेका छन् ।  सत्यवती गाउँपालिकाको वडा नं ४ लिम्घामा पहिराेले  ३ घर बगाउँदा ८ जनाको शव भेट्टिएको वडा कार्यलयकाका कर्मचारी सुनिल ज्ञवालीले बताएका छन् । मृत्यु हुनेमा रुपा बिक , बालिका सिवानी बिक, हेमन्सु बिक, अन्जली बिक, निर्मली बिकका छोरा र छोरी तथा पम्फा बिकका छोरा र छोरी रहेका छन् । फम्फा र निर्मलीका छोराछोरीहरुको नाम भने  खुल्न सकेको छैन ।

पहिरोमा परि बेपत्ता भएकाहरूको स्थानीय टोलीले उद्धार कार्य थालेको र  र प्रहरी टोली पनि पुग्न लागेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

पहिरोमा परी बेपत्ता भएका २ जनाको उद्धार गरीएको डा शिला ढकालले बताइन् ।

खड्का सल्लेरी खबरका लुम्बिनी प्रदेश सम्बाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्