Logo

सरकारले जनताको इच्छा आकाङ्क्षा अनुसार कार्य गर्नुपर्छ : नेता रावल



Spread the love

७ साउन, अछाम l नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य भीम रावलले सरकारले जनताको इच्छा आकाङ्क्षा अनुसार कार्य गर्नु पर्ने धारणा प्रकट गरेका छन् ।

साँफेबगरमा प्रेस सङ्गठन नेपाल जिल्ला समिति अछामले सञ्चालन गरेको पत्रकार सम्मेलनमा सहभागिता जनाउँदै नेता रावलले दुई तिहाई बहुमत भएको वर्तमान सरकारले देश र जनताका अपेक्षा आकाङ्क्षा अनुरूप देश विकासमा अगाडि बढ्नु पर्नेमा धारणा व्यक्त गरेका हुन् ।

उनले सरकारको प्रतिपक्षको भूमिका रहेको भन्ने जिज्ञासाको जवाफ दिँदै आफूले सरकारको प्रतिपक्ष भन्दा प्रतिरक्षा गरिरहेको धारणा प्रकट गरेका छन् ।

नेता रावलले आफू कम्यूनिष्ट पार्टीको सदस्यता लिएसँगै स्वाधीनता, स्वतन्त्रता, अखण्डता, स्वाभिमानको पक्षमा अडिग रहेको पनि बताएका छन् । यी मुद्दामा स्वयं सरकारमा रहे पनि बाहिर रहे पनि अडिग रहेको नेता रावलको भनाई थियो ।

प्रतिक्रिया दिनुहोस्