Logo

विप्लव समुहका म्याग्दी जिल्ला इन्‍चार्ज र सेक्रेटरी पक्राउ



Spread the love

७ साउन, बेनी । प्रहरीले बेनी नगरपालिका-३ नयाँपुलबाट नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको म्याग्दी जिल्ला इञ्चार्ज र सेक्रेटरीलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा जिल्ला इन्‍चार्ज नकाल क्षेत्री (विकिरण) र सेक्रेटरी बाबुलाल शाक्य रहेका छन् । प्रहरीले उनीहरुलाई विशेष सुराकीको आधारमा ग्रामिण क्षेत्रतर्फ जाँदै गरेका अबस्थामा पक्राउ गरिएको हो ।

उनीहरुको साथबाट ध १ प २१७० न को यामाहा मोटरसाइकल र तीन थान मोबाइल सेट बरामद भएको र प्रहरीको नियन्त्रणमा रहेका उनीहरु माथि थप अनुसन्धान भईरहेको  प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्