Logo

पहिरोले पुरिएर बागलुङमा १ किशोरीको मृत्यु



Spread the love

७ साउन, बागलुङ । बागलुङ गलकोट नगरपालिका वडा नम्बर ८ ज्यामिरेमा सोमबार रातिदेखि अविरल परेको वर्षासँगै गएको पहिरोमा पुरिएर एक किशोरीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा १७ वर्षीया सीता गौतम रहेकी छिन् । मंगलबार बिहान गोठ भित्र काम गरिरहेकी उनको गोठ माथिबाट पहिरो झरेपछि पुरिएर मृत्यु भएको हो ।

पहिरोमा पुरिएकी गौतमको करिब एक घण्टापछि पहिरोबाट शव निकालिएको र निरन्तर वर्षा भरहेको हुँदा गौतमको घरसमेत उच्च जोखिममा रहेको प्रहरीले जनाएको छ ।

मृतक सीता गौतम शिव माध्यमिक विद्यालय राजबगरमा कक्षा १२ मा अध्यनरत थिईन।

प्रतिक्रिया दिनुहोस्